(चौधरि ग्रुपसंग सहकार्य गरेर मोन्सान्टो नेपालमा भित्रने हल्ला छ । यसको बारेमा जानकारि नभएकाले इन्टरनेटमा खोज्दा केहि तथ्यहरू फेला परे।ति तथ्यहरु सबैको चासोको बिषय हुन सक्छन् भनेर ब्लग लेख्ने निर्णय गरेँ।)
मोन्सान्टो सन् 1901 मा स्थापित बहुराष्ट्रिय रसायानिक पदार्थ ,कृषिबिउविजन उत्पादक कम्पनी हो ।यसले जेनिटिक विज्ञान का नयाँ नयाँ टेक्नोलॉजी प्रयोग गरेर Genetically Modified (GM )बिउ उत्पादन गर्छ ।
राम्रा पक्ष:
यो विश्वमै glyphosate नामक झारपात नाशक औषधि उत्पादन गर्ने सबैभन्दा ठुलो कम्पनि हो । यो औषधि ले धेरै फाइदा गरेको छ, बालिमा झारपात लाग्ने समस्या कम हुन्छ जसले कृषि उत्पादन बृद्धिमा भुमिका खेलेको तथ्याङ्क छ ।तथा, Roundup Ready भन्ने ब्राण्डमा यसले glyphosate resistant बिउहरू बेच्ने गर्छ । यी बिउहरूको प्रयोगले गर्दा झारपात नाशक (herbicide )औषधि ,जसले माटोको उब्जनी क्षमतालाई कम गर्छन्, तिनिहरूको प्रयोगमा उल्लेख्य ह्रास आएको छ ।
साथै,यसका GM बिउविजनहरूले किटनाशक, झारनाशक औषधि को प्रयोग कम गर्नमा मद्दत गरेका छन् साथै उत्पादन बढाउने र बढ्दो जनसंख्याको भोक मेट्ने काममा मद्दत गरेका छन् । सन् 1990 को दशकमा सुरू भएको हरित क्रांति को मुख्य तत्व GM बिउहरू पनि हुन् ।
नराम्रा पक्ष:
एउटा भनाई छ:
“Control oil and you control nations. Control food and you control people. “-Kissinger
मोन्सान्टो ले आफ्ना प्रत्येक GM बिउहरूको पेटेन्ट (अधिकार,ती चिजहरू प्रयोग गरेबापत त्यो पेटेन्ट लिने कम्पनिलाइ पैसा तिर्न पर्छ।)लिने गर्छ । यसको मतलब, तपैले प्रत्येक पल्ट बाली लगाउन योसंग बिउ किन्नपर्ने हुन्छ । तपैले उत्पादन गरेको GM बिउ जोगाएर अर्को बर्ष बाली लाँउछु भन्न पाउनुहुन्न । बालिहरू फुलेपछि परागसेचन प्रक्रिया बाट बरपरका बालिहरूसंग मिक्स हुन्छन् र फल बन्छ, यसले genetic variety ल्याउन मद्दत गर्छ । यसरि बर्षौसम्म यो प्रक्रिया दोहोरिदा प्रत्येक ठाँउमा त्यो ठाँउको लागि सबैभन्दा उपयुक्त बिउ बन्ने गर्छन् । त्यसैले हाम्रा स्थानीय बिउबिजनले कम उत्पादन दिएपनि ती genetically diverse हुन्छन् । तर प्रत्येक बर्ष GM बिउ किनेर रोप्यो भने उत्पादन बढ्ला तर genetic diversity हुदैन । यसलाई genetic monopoly पनि भनिन्छ । जसले गर्दा अहिलेका आधुनिक तरकारी हरू उत्पादन बढि भएपनि तिनिहरू स्वादिलो कम हुन्छन् । Genetic diversity ह्रासको असर हो त्यो ।
मोन्सान्टो को कुरा, मानौ तपैले एक बर्ष मोन्सान्टोको GM बिउ लगाउनुभयो तर अर्को बर्ष आफ्नै स्थानीय बिउ लगाउनुभयो भने तपैका खेतहरू पुर्णरूपमा मोन्सान्टोको पेटेन्ट गरिएका बिउहरू मुक्त छन् भनेर कानुनी रूपमा प्रमाणित हुनपर्छ । अलिकति थोरैपनि ती बिउहरू भेटिएमा मोन्सान्टो ले क्षतिपुर्ती मागेर मुद्दा हाल्न सक्छ र हालेका उदाहरण पनि छन् । त्यसैले धेरैले मोन्सान्टोले बायोलोजिकल बिल्डिङ ब्लक डिएनए लाई समेत पेटेन्ट गर्न खोज्छ भनेर यसको विरोध गर्ने गर्छन् ।
यसको अर्को नराम्रो पक्ष भनेको यसले बारम्बार प्रस्तुत गर्ने व्यावसायिक गैरजिम्बेबारिपना हो । उदाहरणको लागि, केहि समय पहिला मोन्सान्टो किटनाशक औषधि ले मौरिहरू मर्ने (Colony Collapse Disorder )घटनामा प्रत्यक्ष प्रभाव पारेको पत्ता लाग्यो।मोन्सान्टो ले त्यो घटना रिसर्च गर्ने कम्पनि नै खरिद गरेर त्यो घटना लुकाउन खोज्यो।
नेपालको स्थिति:
नेपालका धेरै कृषिविज्ञहरू भन्ने गर्छन् कि ‘नेपालको हावापानी मा परिक्षण नगरि सिधै किसानको खेतमा कुनै पनि विदेशी बिउबिजन पुर्याउनु खतरनाक हुन्छ । ‘नेपालमा सन् 2010 को सुरूवात ताका भएको मकै उत्पादनको ह्रासको कारण पनि यस्तै परिक्षण नगरिएका विदेशी बिउलाई मान्ने गरिन्छ । बरू नेपालमै उत्पादित वर्णशङ्कर बिउहरू नेपालको कृषि क्षेत्रको लागि फाइदाजनक हुने देखिन्छ । अर्को कुरा, मोन्सान्टो पुर्णरूपमा नाफामुखि कम्पनि भएकाले यसको बिउहरूले स्थानीय कृषि क्षेत्रमा पार्ने असरबारे यसले ले चासो राख्दैन ।
मोन्सान्टो नेपालको लागि ठिक कि बेठिक? -निर्णय गर्ने जिम्मा तपैहरूको ।
*******
Sources:
Quora
Wikipedia
and other various internet sites.
मोन्सान्टोबाट उपलब्धी कहा बाट लिन सकिन्थ्यो भने यदि नेपालमा उत्पादित खाद्ध्य बाहिर निर्यात हुन्थ्यो । हामी कहा न कुनै ब्यबसायिक फार्महाउसहरु छन्, न कुनै ब्यबस्थित निर्यात कानुन नै । यस सन्दर्भमा २/२ आनाको कान्लामा हुर्काउने मकैको बिउ 'मोन्सान्टो' को होइन भनेर कानुनी रुपमा प्रमाणित गर्न त्यै कान्लो कुनै 'चौधरी ग्रुप' का रिटेलरले धितो राख्ला । अहिले नै बिकासे बिउबिजनले गरेको क्षतिको बिवरण थाहा नभएको होइन तर पनि चलेकै छ । यहा हामीले अर्को कुरा थाहा पाउन जरुरी के छ भने केहि अफ्रिकन देशमा 'मोन्सान्टो' लाई जनताको बिरोध पछि सरकारले अनुमती दिएन र उनै देशहरुमा हिजो/आज बिभिन्न युरोपियन राष्ट्रहरुमा 'अर्गेनिक' खाद्य पदार्थहरु निर्यात हुन्छन् जसले देश संगै कृषकलाई पनी टेवा पुर्याइको छ । नेपाल जस्तो सानो देशले आफ्नो स्तरमा हाइब्रिड बिउ डेभलप गरेर कृषि जन्य उप्जनीमा बृद्धी गरोस । तर देशनै बेचेर खाने मास्टरप्लानरहरुलाई के गरि तह लगाउने ।