तपाईले विज्ञानलाई कुनरूपमा बुझ्नुहुन्छ?यदि तपाई हामि यहाँ किन छौ?, हामि कहाँ जादै छौ? यो सारा ब्रह्माण्डको अर्थ के हो? जस्ता प्रश्नहरूको उत्तर विज्ञानले दिन्छ भन्ने ठान्नुहुन्छ भने तपाई सजिलै निराश हुन सक्नुहुन्छ र विभिन्न अध्यात्म र अलौकिक उत्तरहरूको पछि लाग्न सक्नुहुन्छ । कुनै सचेत वैज्ञानिक दिमागले कसरि अध्यात्म र अलौकिक उत्तरलाई सजिलै स्विकार गर्न सक्छ, मलाई थाहा छैन । किनकि, विज्ञानको मुल सार नै बुझ्नु र खोजतलास गर्नु हो । वैज्ञानिकहरूले अहिलेसम्म खोजतलास गर्दै आएका छन्, वैज्ञानिकहरू यो संसारको बारेमा जतिसक्दो धेरै बुझ्ने कोशिश गर्दैछन्, सयौ हजारौ बर्षदेखि यो क्रम जारी छ । धेरै मानिसहरू प्रश्व गर्छन्, ‘के वैज्ञानिकहरू भौतिकशास्त्रको अन्तिम नियम (अन्तिम सत्य )को खोजिमा छन्? “
हैन हैन, यो हुदै हैन । उनीहरू यो संसार/ब्रह्माण्डको बारेमा जतिसक्दो जानकारी खोज्दैछन् । यदि खोज्दै जाँदा अन्तिम नियम (अन्तिम सत्य )जसले सबैकुरा बुझाउन सक्छ ,पत्ता लाग्यो भने ठिकै छ । हैन ,यो संसार करोडौ, हजारौ पत्र भएको प्याजजस्तो छ, जसका पत्र पत्र पल्टाउदा पल्टाउदा हामि थाक्छौ भने पनि ठिकै छ । भन्नखोजेको कुरा के भने, हामिले जे पत्ता लगाएपनि,प्रकृति त्यहाँ छिन् र उनी आफु जस्तो छिन् त्यो रूपमा प्रस्तुत हुन्छिन् । (Nature is there and she’s gonna come out the way she is. ) त्यसैले हामि केहि घटना वा वस्तुको बारेमा खोजतलास गर्दैछौ भने हामिले के पत्ता लगाउन पर्छ भनेर सुरूमै धारणा बनाउन हुन्न । हाम्रो ध्यान त्यसको बारेमा बढि भन्दा बढि जानकारी पत्ता लगाउनमा केन्द्रित हुनपर्छ । यसले फेरि अर्को प्रश्न उब्जाउँछ, “हामि कुनै घटना वा वस्तुको वारेमा धेरैभन्दा धेरै जानकारी किन पत्ता लगाउन खोज्दैछौ? “
यदि तपाई यी घटना र वस्तुहरूको बारेमा जतिसक्दो जानकारी पत्ता लगाउनुको उद्देश्य केहि ठुला दार्शनिक प्रश्नहरूको उत्तर खोज्नु हो भन्ने ठान्नुहुन्छ भने अन्तिममा गएर तपाई गलत पनि हुनसक्नु हुन्छ । यस्तो पनि हुनसक्छ कि प्रकृतिको बारेमा धेरै कुरा पत्ता लगाउँदैमा ती प्रश्नहरूको उत्तर नपाइन सकिन्छ । तर म, मेरो कुरा गर्ने हो भने, म विज्ञानमा आकर्षित हुनुको कारण यो संसारको बारेमा धेरै जानकारी प्राप्त गर्नको लागी मात्र हो । र म जती धेरै पत्ता लगाउदै छु, त्यहि यो संसार राम्रो लाग्दै छ ।
संसारमा धेरै घटना वा रहस्यहरू छन्, जुन हुनै नसक्ने वा अलौकिक हुन् भन्ने गर्छौ हामि । र म सुरूमै उत्तर नजानीकन वा नपढिकन, ती रहस्यहरू खोजतलास गर्न चाहन्छु । त्यसैले म हाम्रो र ब्रह्माण्डको सम्बन्धको बारेमा बनाइएका विशेष कथाहरूलाई विश्वास गर्न सक्दिन । किनकि, ती कथाहरू निकै सरल, निकै हलुका, निकै सम्बन्धीत लाग्छन् । भगवानको एउटा हिस्सा /दुत पृथ्वीलोकमा आए रे । वरिपरि हेर्नोस्, लाखौ करौडा तारा, खगोलिय पिण्ड ……कसरि विश्वास गर्नु!
अर्को प्रश्न, “केहि कुरा सहि हो कि हैन भनेर कसरि पत्ता लगाउने? “संसारमा धेरै धर्म छन्, प्रत्येक धर्मका आआफ्नै थ्योरी छन् भगवान र ब्रह्माण्डका बारेमा । त्यसपछि तपाई सोच्न थाल्नुहुन्छ, अचम्ममा पर्नुहुन्छ! कुन चै सहि? कुन चै गलत? तब तपाई शंका गर्नुहुन्छ र विभिन्न प्रश्नहरू सोध्न थाल्नुहुन्छ ।जस्तो कि, के विज्ञान सहि हो? हैन ,हैन, हामिलाई थाहा छैन के गलत हो, के सहि हो । हामि पत्ता लगाउन कोशिश गर्दै छौ । यी सबैकुरा गलत पनि हुनसक्छन् । वैज्ञानिक सोच के हो भने, के सहि हो र के सहि हैन भनेर सदैव प्रश्न गरिरहनु पर्छ । जब तपाई शंका गर्न थाल्नुहुन्छ, तब केहि कुरा झट्ट पत्याउन गाह्रो हुदै जान्छ । मेरो सोच के हो भने,केहि गलत हुनसक्ने उत्तर अंगालेर बाच्नुभन्दा केहि शंकाको भरमा वा केहि कुरा नजानीकन बाच्नु धेरै उत्तम हुन्छ । मलाई केहि प्रश्नहरूको उत्तर थाहा छ, कुनैको बारेमा अलि बढि थाहा छ, कुनैको बारेमा केहि कम थाहा छ तर म कुनै कुराको बारेमा शतप्रतिशत स्योर छैन । र, धेरै कुराको बारेमा मलाई जानकारीसम्म छैन । जस्तो कि, हामि यहाँ (पृथ्वीमा, संसारमा )किन छौ भनेर सोध्नुको केहि अर्थ छ कि छैन? यसको बारेमा म केहिछिन सोच्छु तर केहि विश्नासलायक उत्तर नपाएपछि अरू केहिको बारेमा सोच्न थाल्छु ।मैले त्यो प्रश्नको उत्तर जान्नैपर्छ भन्ने छैन । यो रहस्यमयी ब्रह्माण्डको एउटो सानो पिण्डको एउटा बासिन्दा म, मेरो केहि उद्देश्य(purpose ) छैन ।र, अहिलेसम्मको मेरो जानकारी अनुसार संसार यहि हिसाबले चल्दै छ । अन्त्यमा रसायनशास्त्री Humphry Davy को (मलाई एकदम मनपर्ने )भनाई:
“Nothing is so fatal to the progress of the human mind as to suppose that our views of science are ultimate; that there are no mysteries in nature; that our
triumphs are complete, and that there are no new worlds to conquer. “
Sources:
1.Richard Feynman’s view on god
and many more.